AFC/FIFA शिर्ष दश भित्र रोहितको जकार्ता
गोलनेपाल

काठमाडौं । इण्डोनेसियामा व्यवसायीक फुटबल खेलिरहेका नेपालका स्टार खेलाडी रोहित चन्दको टोली पर्सिजा जकार्ता इण्डोनेसियन सुपर लिगको लिगतालिकामा शिर्ष दश भित्र आफ्नो पकड बनाउन सफल भएको छ ।

शनिबार भएको प्रतिस्पर्धात्मक भिडन्तमा जकार्ताले दोस्रो स्थानको पर्सिबलाई उसकै घरमा १–० को झिनो अन्तरले हराउँदै शिर्ष दश भित्र आफ्नो दावेदारीतालाई बलियो बनाएको हो ।

जकार्ताको जितमा पहिलो हाफ कै इन्जुरी समयमा क्रोएशियन फरवार्ड मार्को सिमिकले गरेको एक मात्र गोल निर्णायक बन्यो । टोलीको जितमा रोहितको भूमिका पनि अहम रह्यो ।

यो जितपछि १२ खेलबाट १८ अंक जोडेको जकार्ता आठौं स्थानमा छ । र लिगलिडर भयङ्गकारा भन्दा दश अंकले पछाडी छ । उता पराजित पर्सिब भने २५ अंकका साथ दोस्रो स्थानमा छ ।

जकार्ताले आफ्नो आगामी खेल आउँदो बिहीबार बाली युनाइटेडसँग खेल्ने कार्यक्रम छ ।

Post Comments