AFC/FIFA रोहितको टोली जकार्ता पराजित
गोलनेपाल

काठमाडौं । इण्डोनेसियाको शिर्ष फुटबलमा व्यस्त रोहित चन्दको टोली पर्सिजा जकार्ताले बिहीबार लिगा वानतर्फ बाली युनाइटेडसँग १–० को साँघुरो हार बेहोरेको छ ।

मनाहान स्टेडियममा सम्पन्न खेलमा बाली युनाइटेडका लागि पहिलो हाफतर्फ २५औं मिनटमा इलिजा स्पासोजेभिकले गरेको एक मात्र गोल जकार्तालाई निराश बनाउन प्रर्याप्त बन्यो ।

खेलको अन्तिमतिर जकार्ताले बराबरी गर्ने अवसर खेर फाल्यो । अन्तिमतिर पाएको पेनाल्टीलाई मार्को सिमिकले सदुपयोग गर्न सकेनन् । उनको प्रहार बाली युनाइटेडका गोलरक्षकले जोगाएका थिए । खेलमा रोहित दोस्रो हाफतर्फ ७४औं मिनटमा मैदान बाहिरिएका थिए ।

यो नतिजासँगै १३ खेलबाट २५ अंक जोडेको बाली युनाइटेड चौथो स्थानमा छ । पराजित जकार्ता भने १८ अंकका साथ नवौं स्थानमा छ । लिगतालिकाको शिर्ष स्थानमा भने २९ अंकका साथ भयङकारा छ ।

जकार्ताले आफ्नो आगामी सोमबार बोर्नियोसँग खेल्नेछ । लिगतालिकामा बोर्नियो हाल १९ अंकका साथ सातौं स्थानमा छ ।

Post Comments