AFC/FIFA रोहितको टोली जकार्ताको शानदार जित (भिडियोसहित)
गोलनेपाल

काठमाडौं (खेलदैनिक) । नेपाली स्टार रोहित चन्दको टोली पर्सिजा जकार्ताले लिगा वान इण्डोनेसियामा मंगलबार शानदार जित हात पारेको छ । प्रभावशाली जित हात पार्ने क्रममा जकार्ताले पिएसएम मकासारलाई उसकै घरमा ३–० ले हरायो ।

जकार्ताले तीनै गोल दोस्रो हाफमा गर्यो । ५६औं मिनटमा मार्को सिमिकको गोलबाट जकार्ताले खेलमा अग्रता बनाएको थियो । ६४औं मिनटमा अस्वाल्डो हायले त्यो अग्रता दोब्बर पारे । त्यस्तै इन्जुरी समयमा ब्रेफ फटारीले तेस्रो गोल गर्दै जकार्ताको शानदार जित सुनिश्चित गरे ।

खेलमा रोहितले पूरै समय खेले र पहिलो गोलका लागि मार्को सिमिकलाई पास समेत मिलाइदिएका थिए । यो जितसँगै १६ खेलबाट २४ अंक जोडेको जकार्ता आठौं स्थानमा उक्लेको छ । उता पराजित पिएसएम भने १९ अंकका साथ ११औं स्थानमा झरेको छ ।

जकार्ताले आफ्नो आगामी खेल शनिबार लिगलिडर भयङगकारासँग खेल्नेछ । लिगमा १६ खेलबाट ३६ अंक जोडेको भयङगकारा शिर्ष स्थानमा छ ।

 

Post Comments