AFC/FIFA भारतमा शुरु भयो प्रतिष्ठित फिफा यु–१७ महिला विश्वकप, ब्राजील र अमेरिकाको विजयी शुरुवात
गोलनेपाल

काठमाडौं (एजेन्सी । पछिल्लो समय फुटबलमा राम्रो प्रगति गरिरहेको छिमेकी मुलुक भारतमा प्रतिष्ठित फिफा यु–१७ महिला विश्वकपको सातौं संस्करण मंगलबारदेखि शुरु भएको छ ।

भुवनेश्वर स्थित कालिंगा स्टेडियममा भएको समूह ए तर्फको उद्घाटन खेलमा बलियो ब्राजीलले मोरक्कोलाई १–० ले हराउँदै विजयी शुरुवात गर्यो । त्यस्तै दोस्रो खेलमा अमेरिकाले आयोजक भारतमाथि ८–० को फराकिलो जित निकाल्यो ।

त्यस्तै प्रतियोगिताको पहिलो दिन नै भएको समूह बी तर्फको खेलहरुमा दक्षिण अमेरिकी राष्ट्र चिलीले न्युजिल्याण्डलाई ३–१ ले हरायो भने अर्को खेलमा जर्मनीले नाइजेरियामाथि २–१ को जित निकाल्यो ।

 प्रतियोगितामा ६ महादेशका कुल १६ देशका टोलीहरुलाई चार समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । स्पेन प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो ।

पहिलोपटक प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको भारतले यस प्रतियोगितालाई भुवनेश्वरसहित मर्गाओ र मुम्बईमा सफलताका साथ सम्पन्न लक्ष्य लिएको छ ।

 

Post Comments