ANFA अन्तर्राष्ट्रिय फुटबलमा सृजनको डेब्यु
गोलनेपाल

काठमाडौं । मोफसलको स्थानीय फुटबल, सी डिभिजन लिग हुँदै राष्ट्रिय टोलीमा स्थान बनाउन सफल युवा फरवार्ड सृजनराज गौतमले नेपालका लागि अन्तर्राष्ट्रिय डेब्यु गरेका छन् ।

बिहीबार हङ्गकङ्ग विरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सृजनले अन्तर्राष्ट्रिय डेब्यु गरेका हुन् । खेलको ८१औं मिनटमा अन्जन विष्टको स्थानमा मैदान प्रवेश गर्दै सृजनले नेपालका लागि अन्तर्राष्ट्रिय डेब्यु गर्न सफल भए । स्मरण रहोस, नेपाल र हङ्गकङ्गबीचको उक्त खेल गोलरहित बराबरीमा टुंगिएको थियो ।

बागमती युवा क्लब, सर्लाहीका लागि गत सिजन सी डिभिजन लिग खेल्दै उत्कृष्ट प्रदर्शन गरेपछि सृजनले राष्ट्रिय टोलीमा आफ्नो दावेदारीता पेश गरेका थिए । मुख्य प्रशिक्षक म्याट रसले उनले हङ्गकङ्ग विरुद्धको खेलका लागि पहिलोपटक राष्ट्रिय टोलीमा सामेल गरेका थिए ।

हङ्गकङ्ग विरुद्ध प्रर्याप्त खेल्ने समय नपाए तापनि सृजनले आउने दिनमा नेपालका लागि राम्रो गर्न सक्ने अपेक्षा गरिएको छ । सम्भवत उनले एसियन कप छनौटतर्फ लाओस विरुद्ध पनि खेल्ने निश्चित छ ।

Post Comments