ANFA संकटालाई निराश बनाउँदै पञ्जाब फाइनलमा
गोलनेपाल

बिराटनगर । दावेदार मानिएको संकटा क्लबलाई हराउँदै पञ्जाब पुलिस, भारत जारी छैंटौं बिराट गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा पञ्जाबले संकटाको चुनौति १–० ले पन्छाउँदै उपाधि नजिक पुगेको हो । शहिद रंगशालामा सम्पन्न खेलको ७६औं मिनटमा परमजित सिंहले गरेको एक मात्र गोल टोलीलाई जित दिलाउन प्रर्याप्त बन्यो ।

खेलको म्यान अफ द म्याच पनि निर्णायक गोलकर्ता परमजित सिंह नै घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे । पञ्जाबले अब फाइनलमा बैशाख ४ गतेका दिन सशस्त्र एपिएफ क्लबसँग उपाधिका लागि भिड्नेछ ।

बिराट गोल्डकप फुटबल ट्रष्टको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख १५ हजार हात पार्नेछ भने उपविजेताले ७ लाख ५१ हजार प्राप्त गर्नेछ ।

(तस्विरः विराट गोल्डकप)

Post Comments