ANFA उपाधिका लागी शिवपुरी र शिवपुरी नवजागृती भिडने
गोलनेपाल

काठमाडौं । छैठौं बुढानिलकण्ठ नगरकप फुटबल प्र्तियोगिताको फाइनलमा साविक विजेता शिवपुरी युवा क्लब र शिवपुरी नवजागृति युवा क्लब भिड्ने भएका छन् ।

बुढानिलकण्ठ स्कुलको खेलमैदानमा भएको पहिलो सेमिफाईनलमा डिफेन्डिङ च्याम्पियन शिवपुरी युवा क्लबले चुनिखेल युवा क्लबलाई शुन्यका विरुद्ध ३ गोलले हराउँदै फाईनलमा आफ्नो स्थान सुरक्षीत गरेको हो ।

त्यस्तै दोस्रो सेमिफाईनल खेलमा शिवपुरी नवजागृती युवा क्लबले वासिक क्लबलाई सडनडेथमा पराजित गरी डिफेन्डिङ च्याम्पियन शिवपुरी युवा क्लबसँगको फाईनल भिडन्त पक्का गरेको हो ।

बुढानिलकण्ठ युवा समाजको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल भने यहि असोज २८ गतेका दिन हुनेछ ।

Post Comments