ANFA तालतलैया फाइनलमा, उपाधिका पुर्वाञ्चलसँग भिड्ने
गोलनेपाल

रामधुनी । रोमाञ्चक जितका साथ तालतलैया फुटबल एकेडेमी यहाँ जारी प्रथम चौसठ्ठी बिगाहा कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा तालतलैयाले योङ ब्वाईज क्लब, तरहरालाई ४–३ ले हराउँदै पुर्वाञ्चल युनाइटेडसँगको फाइनल भेट पक्का गरेको हो ।

तालतलैयाको जितमा बिष्णु श्रेष्ठले ह्याट्रिक गरे भने थप एक गोल रोमन तामाङले गरे । उता पराजित योङ ब्वाईजका लागि मनोज लिम्बु, बिशाल र ाई र असिमित कार्कीले एक–एक गोल गरे ।

खेलमा ह्याट्रिक गरेका तालतलैयाका बिष्णु श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । अब उपाधिका लागि तालतलैया र पुर्वाञ्चल युनाइटेड बीच शनिबार फाइनल भिडन्त हुनेछ ।

दियालो जनकल्याण क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्नेछ ।

Post Comments