ANFA चर्च ब्वाईज नारदमुनी गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

बसाहा । कठिन जितका साथ चर्च ब्वाईज युनाइटेड, काठमाडौं यहाँ जारी आठौं नारदमुनी थुलुङ स्मृति गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

नारदमुनी रंगशालामा मंगलबार भएको तेस्रो क्वाटरफाइनलमा चर्च ब्वाईजले आयोजक बसाहा क्लब, उदयपुरलाई टाईब्रेकरमा ५–४ ले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

खेलमा आयोजक बसाहाका गोलरक्षक कुमार गुरुङ म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत असोज १२ गते बुधबारको अन्तिम क्वाटरफाइनल खेल एभनिर एफसी, क्यामरुन र डिटीसी, सुनसरीबीच हुने आयोजकले जानकारी दियो ।

बसाहा क्लब, उदयपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । फाइनल खेल यहि असोज १६ गतेका दिन हुनेछ ।

 

Post Comments