ANFA सहज जितका साथ सिद्धबाबा खैरहनी गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

खैरहनी । सहज निकाल्दै सिद्धबाबा फुटबल क्लब, बारा यहाँ जारी प्रथम खैरहनी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । तेस्रो क्वाटरफाइनलतर्फ सिद्धबाबाले सेन्ट्रल कलेज एभरेष्ट एफसी, चितवनलाई शून्यका विरुद्ध ३ गोलले हराउँदै अन्तिम चारमा पुगेको हो ।

खैरहनी माविको खेलमैदानमा भएको खेलमा सिद्धबाबाका लागि शाहिद, जय गुरुङ र राजकुमार स्याङ्तनले एक–एक गोल गरे । खेलमा सिद्धबाबाका जय गुरुङ म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत असोज १२ गते बुधबारको अन्तिम क्वाटरफाइनल खेल गोल्डेन इमिनेन्ट बसन्तपुर युनाइटेड, माडी र हर्दि युवा समाज, चितवनबीच हुने आयोजकले जानकारी दियो ।

विपन्न उत्थान मञ्चको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार पाउनेछ । फाइनल खेल यहि असोज १६ गतेका दिन हुनेछ ।

Post Comments