ANFA मोफसलका नकआउट फुटबल प्रतियोगिताहरुको मिति तय (पत्रसहित)
गोलनेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोफसलमा हुने ठूला नकआउट फुटबल प्रतियोगिताहरुको मिति घोषणा गरेको छ । विभिन्न प्रतियोगिता आयोजनाका लागि आयोजकहरुले एन्फासँग मिति निर्धारण गर्न पत्राचार गरेको थियो । सोही अनुसार एन्फाले मोफसलका प्रतियोगिताहरुको मिति घोषणा गरेको हो ।

एन्फाले मंगलबार जारी गरेको प्रतियोगिता र तालिका अनुसार सर्लाही र महोत्तरीमा हुने राजर्षि जनक कप र मेयर क्रमका लागि माघ २६ देखि फागुन ६ गतेसम्मको मिति दिएको छ । त्यस्तै मकवानपुरमा हुने मकवानपुर गोल्डकपका लागि माघ २९ देखि फागुन ९ गतेसम्मको मिति तोकिएको छ ।

झापामा हुने भद्रपुर गोल्डकप र रुपन्देहीमा हुने तिलोत्तमा गोल्डकपका लागि फागुन ७ देखि १६ गतेसम्मको मिति निर्धारण गरिएको छ । त्यसैगरी पहिलोपटक काठमाडौंमा आयोजना हुन गईरहेको केपी ओली कपका लागि फागुन ११ देखि १७ सम्मको मिति तोकिएको छ । यस प्रतियोगितामा पनि ए डिभिजन क्लबहरुकै शिर्ष भिडन्त हुने बताइएको छ ।

सुनसरीमा हुने बुढासुब्बा गोल्डकपका लागि फागुन १३ देखि २० गतेसम्मको मिति दिइएको छ । इलाममा हुने माई भ्याली गोल्डकप र सुनसरीमा हुने इटहरी गोल्डकपका लागि भने चैत्र ४ देखि ११ सम्मको मिति दिइएको छ ।

त्यस्तै मोरङमा हुने बिराट गोल्डकप र बारामा हुने सिमरा गोल्डकपका लागि चैत्र ९ देखि १८ सम्मको मिति दिइएको छ । स्मरण रहोस, यी दुवै प्रतियोगिता यसपटक पनि रात्रीकालिन हुने सम्भावना पनि छ ।

हेर्नुहोस प्रतियोगिता आयोजनाको मिति तोकिएको एन्फाको पत्र:

Post Comments