ANFA सहज जितका साथ मच्छिन्द्र सेमिफाइनलमा
गोलनेपाल

इटहरी । सहज जित निकाल्दै मच्छिन्द्र फुटबल क्लब जारी १३औं अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको तेस्रो क्वाटरफाइनलमा मच्छिन्द्रले कञ्चनजंघा फुटबल क्लब, भारतलाई ५–२ ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो ।

इटहरी रंगशालामा भएको खेलमा मच्छिन्द्रका लागि आफिज ओलावालेले खेलको ३९, ६३, ६६ र ८९औं मिनटमा कुल चार गोल गर्दै आफ्नो ह्याट्रिक पनि पूरा गरे । त्यस्तै थप एक गोल विजय भुजेलले ८२औं मिनटमा गरेका थिए । उता पराजित कञ्चनजंघाका लागि दुवै गोल अनिश राईले गरेका थिए ।

खेलमा चार गोल गरेका मच्छिन्द्रका आफिज ओलावाले म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत चैत ७ गते मंगलबारको अन्तिम क्वाटरफाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र रोलिङ्ग क्लब, झापाबीच हुने आयोजकले जानकारी दियो ।

यही चैत ११ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।

Post Comments