
ज्जालामुखी । ‘खेलकुद विकासका लागि खेल प्रतियोगिता’ भन्ने नारासहित लगनशिल युवा क्लब, ज्वालामुखी–७, धारापानी, धादिङको आयोजनामा आउँदो कार्तिक ९ देखि १२ गतेसम्म दशौं लगनशिल कप खुला नाईन ए साईड नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
धारापानी खेलमैदानमा हुने प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि असोज ३० देखि कार्तिक ५ गतेसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ९,९९९ रुपैयाँ तोकिएको पनि आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७० हजारसहित मेडल प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष गोपी क्षेत्रीले बताए । ।
त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ । साथै प्रतियोगिताको समापन कार्यक्रमका दिन राष्ट्रियस्तरका कलाकाहरुको मनोरञ्जनात्मक प्रस्तुती रहने पनि अध्यक्ष गोपी क्षेत्रीले जानकारी दिए ।
- तेह्रथुमकी सेमिहाङमा साफ गेम खेल्न बंगालादेश जॉदै
- केलाङ मेला तेह्रथुमको उपाधि चुलाचुली स्पोर्टिङ क्लब दमक झापालाई
- केलाङ मेला तेह्रथुमः उपाधिका लागि चुलाचुली र सम्दुको भिडन्त पक्का
- चुलाचुली स्पोर्टिङ झापा तेह्रथुममा जारी केलाङ मेलाको उपाधि नजिक
- तेह्रथुम जलजलेः सेमिफाइनल खेल्ने चार टोलीकै टुङगो लाग्यो