ANFA
मुनल्याण्ड र बनडाँडा क्वाटरफाइनलमा

भिलझिले । मुनल्याण्ड स्र्पोटिङ क्लब र बनडाँडा फुटबल क्लब यहाँ जारी प्रथम बोका जुनियर कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
शिवसताक्षी नगरपालिका–८, झिलझिले स्थित स्थानीय खेलमैदानमा भएको प्रिक्वाटरफाइनलतर्फ मुनल्याण्डले फाक्तेप एफसीलाई टाईब्रेकरमा २–० ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।
त्यस्तै सोही दिन भएको अर्को प्रिक्वाटरफाइनलमा बनडाँडाले रियल स्टार एफसीलाई २–० ले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल भयो ।
बोका जुनियर फुटबल क्लब, शिवसताक्षी नगरपालिका–८, झिलझिले, झापाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५ हजार हात पार्नेछ भने उपविजेताले १५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही असोज २० गतेका दिन हुनेछ ।
Post Comments
Related News
- प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको उपाधि सिसास खोक्लिङलाई
- प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको उपाधिका लागि सिसास खोक्लिङ र ढुंगेसाघु भिड्ने
- ताप्लेजुङ: प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको सेमिफाइनल समिकरण पूरा
- सिसास खोक्लिङ प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको सेमिफाइनलमा
- ताप्लेजुङको थलङमा प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कप शुरू