ANFA
बुटवल लुम्बिनीका 'आइकोनिक' खेलाडी आशिष

काठमाडौं । पछिल्लो समय अष्ट्रेलियालाई कर्मथलो बनाएर विदेश पलायन भएका नेपालका अन्तर्राष्ट्रिय खेलाडी आशिष लामा फेरि नेपालको घरेलु फुटबलमा फर्किने पक्का भएको छ ।
आउँदो मंसिर ८ गतेदेखि शुरु हुन गईरहेको दोस्रो नेपाल सुपर लिग (एनएसएल) का लागि आशिष नेपाल फर्किन लागोका हुन् । आशिषलाई बुटवल लुम्बिनी फुटबल क्लबले आफ्नो आइकोनिक खेलाडीका रुपमा अनुबन्ध गरेसँगै आशिषको नेपाली फुटबलमा फर्किने पक्का भएको हो ।
क्लबले उनको अनुवन्धबारे आफ्नो सामाजिक सञ्जालमार्फत पनि आधिकारिक रुपमा पुष्टी गरेको छ । स्मरण रहोस, आशिषले एनएसएलको पहिलो संस्करण पनि बुटवल लुम्बिनी कै लागि खेलेका थिए । अष्ट्रेलियामा भने उनले यति एफसीका लागि खेल्दै आएका छन् ।
बुटवल लुम्बिनीको मार्की खेलाडीमा एरिक बिष्ट रहेका छन् । क्लबको मुख्य प्रशिक्षकमा भने विजय महर्जन रहेका छन् ।
Post Comments
Related News
- प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको उपाधि सिसास खोक्लिङलाई
- प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको उपाधिका लागि सिसास खोक्लिङ र ढुंगेसाघु भिड्ने
- ताप्लेजुङ: प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको सेमिफाइनल समिकरण पूरा
- सिसास खोक्लिङ प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको सेमिफाइनलमा
- ताप्लेजुङको थलङमा प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कप शुरू