ANFA अन्जनले एनआरटीका लागि खेल्ने
गोलनेपाल

काठमाडौ । नेपालका चर्चित फरवार्ड अन्जन विष्टले नेपालकै पुरानो र सफलतम क्लब मध्ये एक न्युरोडटिम (एनआरटी) का लागि खेल्न्र भएका छन ।

एनआरटीले आउने दिनहरुमा खेल्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा अन्जनले एनआरटीको जर्सीमा उत्रीने क्लबले जनाएको छ । क्लबले अन्जनको अनुवन्धबारे आफ्नो सामाजिक सञ्जालमार्फत पनि जानकारी गराएको छ ।

यद्यपि अन्जनले एनआरटीका लागि कहिलेसम्म र कति रकममा सम्झौता गरेका हुन, त्यसबारे भने खुलाईएको छैन । स्मरण रहोस, हालै भारतको सिक्किममा सम्पन्न प्रतिष्ठित गभर्नस गोल्डकप चर्च ब्वाईज युनाईटेडका लागि पनि खेलेका थिए ।

उता एनआरटीले यही मंसिर २२ देखि २९ गतेसम्म हुन गईरहेको इलाम गोल्डकप खेल्ने तयारीमा छ । अन्जन उक्त प्रतियोगितामा एनआरटी कै जर्सीमा देखिने पनि पक्का भएको छ । एनआरटी इलाम गोल्डकपको साविक विजेता पनि हो ।

Post Comments