ANFA तेस्रो उर्लाबारी भेट्रान्स कपको सेमिफाइनल समिकरण पूरा
गोलनेपाल

उर्लाबारी । ‘स्वास्थ्यका लागि खेलकुद, खेलकुदका लागि १ घण्टा’ भन्ने नाराका साथ सुरु भएको तेस्रो उर्लाबारी भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा भएको छ ।

आज भएको अन्तिम क्वाटरफाईनल खेलमा आयोजक ‘उर्लाबारी रातो’ ले निर्धारित समय १:१ बराबरिमा टुङ्गिए सम्ग्गै टाईबेकरमा कन्काई भेट्रान्स क्वललाई हराउदै सेमिफाईनल प्रवेश गरेको हो । यो सगै ‘उर्लाबारी रातो’ ले ४–२ गोल अन्तरले कन्काईलाई हराउदै दमक भेट्रान्स लखनपुर सगको सेमिफाइनल भेट पक्का गरेको हो ।

‘उर्लाबारी रातो’ का लागि उत्कृष्ठ खेल प्रस्तुत गर्दै सेमिफाइनल प्रवेशको ढोका खोलेका धिमाल आजको खेलको म्यान अफ दि म्याच घोषित भए । उनले नगद १ हजार १ सय र ट्रफी हात पारे । धिमाललाई कार्यक्रमका प्रमुख अथिती अरनिको अस्पतालका अध्यक्ष लोलिम पोमुले पुरस्कृत गरे ।

भोलिको पहिलो सेमिफाईनल खेल आयोजक उर्लाबारी निलो र चारपाने युनाईटेड भेट्रान्स फुटबल क्लवका विचमा हुने आयोजकले जनाएको छ ।

कोशी प्रदेशका झापा, मोरङ र सुनसरीका गरी १० टिमको सहभागितामा संचालन भईरहेको प्रतियोगिताको फाइनल खेल बैशाख ६ गते हुने क्लबका अध्यक्ष दिपक पोमुले बताउनु भयो ।

Post Comments