फर्साटिकर र गुड मर्निङ भेट्रान्स क्वाटरफाइनलमा
सुरज राना मगर

सालझण्डी । फर्साटिकर भेट्रान्स र गुड मर्निङ भेट्रान्स यहाँ जारी प्रथम विश्व शान्ति भेट्रान्स कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

शनिबार भएको प्रिक्वाटरफाइनलतर्फ फर्साटिकर भेट्रान्सले रानीबगिया भेट्रान्सलाई १–० को झिनो अन्तरले हरायो । खेलमा फर्साटिकरका चिरञ्जिवी खनाल म्यान अफ दि म्याच बने ।

अर्को खेलमा गुड मर्निङ भेट्रान्सले देवापार भेट्रान्सलाई ४–२ को अन्तरले हराउँदै क्वाटरफाइनल यात्रा तय गर्यो । खेलमा गुड मर्निङका यम बहादुर बुचा घोषित भए ।

प्रतियोगिता अन्तर्गत बैशाख १४ गते आइतबारको पहिलो क्वाटरफाइनल खेल तिलोत्तमा भेट्रान्स र कञ्चन भेट्रान्स बीच हुने कार्यक्रम संयोजक ओम छन्त्यालले जानकारी दिए ।

विश्व शान्ति युवा क्लब, सैनामैना–१०, सालझण्डीको आयोजना तथा सैनामैना नगरपालिका वार्ड नम्बर १० को कार्यालय संरक्षक रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले २५,५०० प्राप्त गर्नेछ । फाइनल खेल यही बैशाख २० गतेका दिन हुनेछ ।

Post Comments