सुनवल मेयर कपः वार्ड नम्बर २ को जितमा अमन निर्णायक
सुरज राना मगर

सुनवल । वार्ड नम्बर २ यहाँ जारी आठौं सुनवल मेयर कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा वार्ड नम्बर २ ले वार्ड नम्बर ९ लाई १–० को झिनो अन्तरले हराउँदै अन्तिम आठमा प्रवेश गर्ने अन्तिम टोली बनेको हो ।

सुनवल–७ स्थित स्थानीय खेलमैदानमा भएको खेलमा वार्ड नम्बर २ का लागि खेलको २५औं मिनटमा अमन मगरले गरेको एक मात्र गोल निर्णायक गोल बन्यो । वार्ड नम्बर २ का निर्णायक गोलकर्ता अमन मगर नै म्यान अफ दि म्याच चुनिए ।

प्रतियोगिता अन्तर्गत बैशाख २८ गते आइतबारको पहिलो क्वाटरफाइनल खेल वार्ड नम्बर १३ र वार्ड नम्बर १० बीच हुने खेल संयोजक प्रकाश बाह्रघरेले जानकारी दिए ।

सुनवल नगरपालिका, नवलपरासीको आयोजना तथा आठौं मेयर कप सञ्चालन एवम् व्यवस्थापन समितिको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ९० हजार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल आउँदो जेठ ४ गतेका दिन हुनेछ ।

Post Comments