ANFA सतिसाले युनियन बन्यो च्याम्पियन
गोलनेपाल

बेलबारी । सतिसाले युनियन, केराबारी माघे संक्रान्ती कप खुला नकआउट फुटबल प्रतियोगिताको विजेता बनेको छ । बिहीबार सम्पन्न फाइनल भिडन्तमा बिराटनगर फुटबल क्लबलाई सडन डेथमा हराउँदै सतिसाले च्याम्पियन बनेको हो ।

बेलबारी–१ नक्सलबारी खेलमैदानमा सम्पन्न रोमाञ्चक तथा प्रतिस्पर्धात्मक फाइनल भिडन्तमा निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए ।

त्यसपछि पेनाल्टी शुटआउटमा पनि दुवैतर्फबाट समान गोलहरु भएपछि खेल सडन डेथमा धकेलिएको थियो । सडन डेथमा भने सतिसाले ९–७ ले विजयी बन्न सफल भयो ।

विजेता बनेको सतिसालेले उपाधिसहित नगद ५१ हजार हात पार्यो भने बिराटनगरले ३१ हजारमा चित्त बुझायो । बिजयी खेलाडीहरुलाई बेलबारी नगरपालिकाका नगरप्रमुख ज्ञानेन्द्र सुबेदी लगायत अन्य अतिथीहरुंले पुरस्कृत गरे ।

नेपाल मगर संघ, बेलबारी–१ नक्सलबारी मोरङको आयोजनामा गत पुष २४ गतेदेखि शुरु प्रतियोगितामा कुल आठ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments