Gorkhalis Abroad एक्सपर्ट जिएफसी कपको उपाधी सिम्रिक फुटवल क्वललाई
गोलनेपाल

ब्रिसवेनस्थित गोर्खा फुटबल क्लबले आयोजना गरेको एक्सपर्ट जिएफसी कपको उपाधी सिम्रिक फुटबल क्लबले हात पारेको छ ।

क्लबले नगद तीन हजार डलर सहित उपाधिको कप प्राप्त गरेको हो। यहि सेप्टम्बर १९ मा मेन्सफिल्ड स्थित फुटबल मैदानमा नाइन ए साइड प्रतियोगितामा भाग लिएका नेपाली क्लबहरुविच भएको प्रतिस्पर्धामा समूह पहिलो चरणदेखि फाइनलको यात्रासम्म बिना कुनै हार सिम्रिक क्लबले उपाधि हात पारेको हो ।

प्रतियोगितामा ब्रिसवेनमा लामो समय नेपालीहरु बिच नयाँ र पुरानो गरी १२ वटा क्लबले भाग लिएकामा चारवटा क्लबको तिनवटा समुह बनाएर प्रतिस्पर्धा गरिएको थियो। समूह ए, बी र सी गरि उत्कृष्ट छानिएको टिमले क्वाटर फाइनल, सेमिफाइनल र फाइनल खेल खेलेका थिए ।

प्रतियोगितामा बेस्ट गोलकिपर सिम्रिक क्लबका शैलेन्द्र बस्नेत छानिएका थिए भने फाइनल खेलको प्लेयर अफ द म्याच सिम्रिककै नरेन्द्र रावलले जितेका थिए। यसैगरि प्लेयर अफ द टुर्नामेन्ट भने एफ वा एफ सि फुटबल क्लबका रोशनलाई दिइएको थियो। समूह चरणमा डाँफे फुटबल क्लबसँग २–० को पहिलो जित निकालेको क्लबले, दोस्रो जित ३–० गोलकोअन्तरमा रातो र चन्द्र सूर्य क्लबसँग निकालेको थियो। यसैगरि क्वाटफाईनलमा बिएनएफसि माथी १–० को जित हासिल गरेको क्लबले, सेमिफाइनलमा भने पूरा समय १–१ को नतिजा सहित वरावरीमा सकिएको थियो े। सेमिफाइनलको पेनाल्टि सुटआउटमा ४–३ को अन्तरलेजितेपछि फाइनलको यात्रा गरेको सिम्रिकले फाइनलमा भने उपाधिका उपबिजेता एफ वा एफ सिसँग २–० को नतिजा निकाल्दै उपाधी हात पारेकोहो ।

उपबिजेताले नगद एक हजार डलर जितेको थियो। लेण्ड एण्ड लिज रियल स्टेट्स, माइट्स ईन्टरनेसनल र क्विसन्फोर्ड कलेजले प्रायोजन गरेको सिम्रिक फुटबल क्लबलेनेपालीहरु बिच भएको प्रतिस्पर्धामा स्थापना भए यता यो नै पहिलो उपाधी भएपनि, यसै बर्ष फुटबल क्विन्ल्यान्डले आयोजना गरेको कम्युनिटी लिग (ह्वाइट)को पनि प्रिमियर उपाधि जितिसकेको छ ।

Post Comments