Gorkhalis Abroad साबित्राको टोली फेरि पराजित
गोलनेपाल

काठमाडौं । फ्रान्सको शिर्ष महिला फुटबल लिग खेलिरहेकी नेपालकी स्टार फरवार्ड साबित्रा भण्डारीको टोली गुइनग्याम्पले हार बेहोरेको छ । गत साता पेरिस एफसीसँग ४–० ले पराजित भएको गुइनग्याम्पले शनिबार भएको डिजोन विरुद्धको खेलमा पनि २–० ले पराजित हुन पुग्यो ।

गुइनग्याम्पको यो सिजनको ११औं हार समेत हो । यो हारले गुइनग्याम्पमाथि थप दबाब पनि थपिएको छ । साबित्राले पहिलो रोजाई मै रहेर टोलीका लागि खेले तापनि टोलीको हारलाई भने टार्न सकिनन् ।

यो नतिजापछि १८ खेलबाट १५ अंक जोडेको गुइनग्याम्प लिगतालिकाको १०औं स्थानमा छ । र, रेलिगेशन क्षेत्रभन्दा एक स्थान माथि छ । उता जित हात पारेको डिजोन भने १९ अंकका साथ आठौं स्थानमा छ ।

लिगमा गुइनग्याम्पले अब यस सिजन चार खेलहरु खेल्न बाँकी छ । लिग अन्तर्गत गुइनग्याम्पले आफ्नो आगामी खेल मार्च ३० तारीख शनिबारका दिन सेन्ट इटिनीसँग खेल्नेछ ।

Post Comments