Gorkhalis Abroad युएईः रोयल गोर्खालाई पाँचौं सहदेव स्मृति कपको उपाधि
गोलनेपाल

काठमाडौं । रोयल गोर्खा -याक एण्ड यती एफसीले पाँचौं सहदेव स्मृति कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

युएई नेप्लिज फुटबल एसोसिएसन (युएनएफए) को आयोजनामा नेपाली समुदायबीच भएको प्रतियोगिताको फाइनलमा गोर्खा के नाइन एफसीलाई १–० ले हराउँदै रोयल गोर्खाले उपाधि जितेको हो ।

नविन विकेको निर्णायक गोलमा रोयल गोर्खा विजयी भएको थियो । प्रतियोगितामा अनिष श्रेष्ठ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, प्रज्वल राई उत्कृष्ट गोलकिपर, कुमार राई उत्कृष्ट प्रशिक्षक र विकास गुरुङ सर्वाधिक गोलकर्ता बनेका थिए ।

विजेता बनेको रोयल गोर्खाले उपाधिसहित नगद ३ हजार ३ सय ३३ दिराम हात पार्यो भने उपविजेता गोर्खा के नाईनले २ हजार २ सय २२ दिरामसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्यो । दुई दिने प्रतियोगितामा कुल १४ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments