
काठमाडौं । पहिलो सहदेब सुब्बा भेट्रान्स कप फुटबल युएईको दुबईमा सम्पन्न भएको छ।
फुटबल खेलाडी सहदेव सुब्बाको सम्झनामा वर्ल्डमोक्स् फुटबल क्लबले आयोजना गरेको सो खेलमा ग्रीन सिटि फुटबल क्लब बिजेता भएको छ भने, उपबिजेता धरान युनाईटेड स्टार भएको छ।
बिजेता ग्रीन सिटी फुटबल क्लबले उपाधि सहित २५५५ दिर्हाम (लगभग रु ९५०००) उपविजेता धरान युनाइटेड स्टारले उपाधि सहित १५५५दिर्हाम (रु लगभग ५८०००) र उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोल स्कोररले १०० दिर्हाम (रु ३७००) पुरस्कार सहित उपाधि प्राप्त गरेका थिए।
पहिलो सहदेव भेटरान्स कप फुटबलको फेयर प्ले अवार्डको उपाधि लम्जुङ्ग फुटबल क्लबले पाएको थियो भनें, धरान युनाईटेड स्टारका सुरज बि.क.उत्कृष्ट खेलाडी घोषित भएका थिए। उत्कृष्ट गोल रक्षक ग्रीन सिटि ईलाम फुटबल् क्लबका सन्तोष गुरुङ्ग भएका थिए, उत्कृष्ट स्कोरर् ग्रीन सिटि ईलाम फुटबल क्लबका दीपक श्रेष्ठ भएका थिए।
शनिवार रातको ९ बजे देखी शुरु भै बिहान ३ बजे सकिएको खेल बिशेषत: चालिस् बर्ष उमेरका युवा-समुहलाई लक्षित् गरि खेलाईएको थीयो। खेलमा तेर्ह ओटा खेल समुहले भाग लिएका थिए भनें, खेल् देरा दुबई स्थित् “स्पोर्ट्स बे” खेल् मैदानमा भएको थीयो।
खेल अबधिभर वर्ल्ड मोन्क्सका अध्यक्ष अनिल शेर्पा, रेफ्रीहरु र स्वयंसेवकहरु र स्वास्थ्य स्वयं सेवकको रुपमा चिकित्सक शेखर गुप्ताले सेवा दिएका थिए।
- ताप्लेजुङ गोल्डकप को तेस्रो संस्करणको तयारीमा नयाँ कार्य समिति चयन
- सॉवा ताप्लेजुङः क्लब स्तरीय फुटबलको उपाधि हिमाली तोक्मेगोलालाइ
- सॉवा ताप्लेजुङः उपाधिका लागि शुक्रबार हिमाली तोक्मेगोला र यातायात ताप्लेजुङ भिडने
- सॉवा क्लब स्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा
- ताप्लेजुङ सॉवा-क्लब स्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा