ANFA सलहेश फाइनलमा, उपाधिका लागि गोलबजारसँग भिड्ने
गोलनेपाल

गोलबजार । सलहेश युवा क्लब, सिरहा जारी आठौं गोलबजार मेयर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको दोस्रो सेमिफाइनलतर्फ सलहेशले रोमन फुटबल क्लबलाई २–१ ले हराउँद ै फाइनलमा प्रवेश गरेको हो । गोलबजार एकिकृत खेलग्राममा भएको खेलमा सलहेशका लागि सर्जियो डिका र राज भुषालले गोल गरे । पराजित रोमनका लागि भने कार्लोस पटेलले एक मात्र गोल फर्काएका थिए ।

खेलमा सलहेशका सर्जियो डिका म्यान अफ दि म्याच समेत चुनिए । सलहेशले अब चैत्र २१ गते बिहीबार नै हुने फाइनलमा घरेलु टोली गोलबजार स्पोर्टस क्लब सँग उपाधिका लागि भिड्नेछ ।

गोलबजार नगरपालिका, सिरहाको आयोजना जारी प्रतियोगिताको विजेताले उपाधिहित नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ ।

 

 

Post Comments