ANFA शिर्ष स्थानमा उक्लियो ललितपुर
गोलनेपाल

काठमाडौं । तेस्रो नेपाल सुपर लिगतर्फ आफ्नो दोस्रो खेलमा प्रभावशाली जित हात पार्दै साविक विजेता ललितपुर सिटी फुटबल क्लब लिगतालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।

दशरथ रंगशालामा भएको खेलमा ललितपुरले लिगको पहिलो जित दर्ता गर्ने क्रममा पोखरा थन्डर्सलाई ३–२ ले हरायो । यो जितपछि २ खेलबाट ४ अंक जोडेको ललितपुर लिगतालिकाको शिर्ष स्थानमा उक्लिएको छ । लगातार दोस्रो खेलमा हार बेहोरेको पोखरा भने पुछारमा छ ।

समान ३–३ अंक जोडेका धनगढी र चितवन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । त्यस्तै १–१ अंक जोडेका काठमाडौं रेजर्स, झापा एफसी र बुटवल लुम्बिनी एफसी लिगतालिकाको क्रमशः चौथो, पाँचौं र छैठौं स्थानमा छन् ।

Post Comments