ANFA सलहेशलाई आठौं गोलबजार मेयर गोल्डकपको उपाधि
गोलनेपाल

गोलबजार । झिनो अन्तरको जितका साथ यहाँ सम्पन्न आठौं गोलबजार मेयर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि सलहेश युवा क्लब, सिराहाले जितेको छ ।

बिहीबार सम्पन्न फाइनलमा सलहेशले घरेलु टोली गोलबजार स्पोर्टस क्लब, गोलबजारलाई शून्यका विरुद्ध १ गोलले हराउँदै उपाधि जितेको हो । गोलबजार एकिकृत खेलग्राममा भएको उपाधि भिडन्तमा सलहेशका लागि अनिल मगरले गरेको एक मात्र गोल टोलीलाई उपाधि जिताउन निर्णायक गोल बन्यो ।

गोलबजार नगरपालिका, सिरहाको आयोजनामा सम्पन्न प्रतियोगिताको विजेता बनेको सलहेशले उपाधिसहित नगद ४ लाख हात पार्दा गोलबजारले २ लाखसहित ट्रफी, मेडलमा चित्त बुझायो । फाइनल खेलमा निर्णायक गोल गरेका सलहेशका अनिल मगर म्यान अफ दि म्याच समेत घोषित भए ।

अन्य विधातर्फ उत्कृष्ट गोलरक्षक सागर मगर बन्दा उत्कृष्ट डिफेन्डर प्रवेश दनुवार चुनिए । उत्कृष्ट मिडफिल्डर अमन लामा बन्दा उत्कृष्ट फरवार्ड युवराज खड्का बने । त्यस्तै उत्कृष्ट प्रशिक्षक राजिव कुमार यादव बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार एलेक्सले हात पारे । प्रतियोगिता कै सर्वश्रेष्ठ खेलाडी भने राज भुषाल घोषित भए ।

 

 

 

Post Comments