ANFA राजगढ स्व.लोकराज ढुंगाना स्मृति च्यालेन्ज कपको उपाधि नजिक
गोलनेपाल

बुद्धशान्ति । राजगढ फुटबल क्लब झापाको बुद्धशान्तिमा जारी एन्फा रेफ्री स्व. लोकराज ढुंगाना स्मृति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।

धबार भएको पहिलो सेमीफाइनल खेलमा शिवसताक्षी स्पोर्टिङ क्लबलाई ४/१ गोलअन्तरले पराजित गर्दै राजगढ फुटबल क्लब फाईनलमा प्रवेस गरेको छ र जित सँगै कम्तीमा ४०००० सुरक्षीत गरेको हो । राजगढका जितका लागी खेलको ३० मिनेटमा सन्जय लिम्बु ३३ औ मिनेटमा स्याम मुर्मु ६१ औ मिनेटमा दिपेस श्रेष्ठ र ७२ औ मिनेटमा हिमाल गुरूङले गोल गरे १/१ गोल गरे । शिवसताक्षी स्पोर्टिङ क्लबका लागी खेलको ७९ औ मिनेटमा दिपेन शेर्माले १ गोल गर्दै टिमलाई सान्तवना गोल गरे ।

खेलको म्यान अफ दि म्याच राजगढ फुटबल क्लब राजगढका श्याम मुर्मु घोषित हुँदा नगद रु। १५०० रुपैयाँ प्राप्त गरका छन्। आदर्श युवा क्लबका पूर्व अध्यक्ष तथा कोशी प्रदेश फुटबल रेफ्रिसंघका सदस्य समेत रहेका ढुंगानाको गत बर्ष निधन भएको थियो । उनले बुद्धशान्ति तथा खेलकुद क्षेत्रलाई पूर्याएको योगदान अतुलनिय रहेको भन्दै उनको सम्झनामा क्लबले फुटबल प्रतियोगिता गरिएको हो ।

Post Comments