Gorkhalis Abroad दोस्रो एन पेनाङ गोल्डकपको तयारी पुरा
बिक्रम बानियाँ क्षेत्री

काठमाडौं । एन पेनाङ फुटबल क्लब, मलेसियाको आयोजनामा हुने दोस्रो एन पेनाङ गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ ।

मलेसियामा रहेका नेपालीहरुबीच आत्मियता, भाईचारा र सम्बन्ध अभिवृद्धि गराउने उद्देश्यका साथ पेनाङ शहर स्थित स्टेडियम मिनी पर्माटाङ रावामा मार्च ३१ र १ अप्रिलका दिन हुने प्रतियोगिताको आवश्यक तयारी पुरा भएको एन पेनाङ फुटबल क्लबका अध्यक्ष अंकित थापा मगरले जानकारी दिएका छन् ।

मलेसियाका विभिन्न शहरमा रहेका १८ वटा नेपाली टिमको सहभागिता रहने प्रतियोगिताको विजेताले उपाधिसहित ३० हजार मलेसियन रिंगेट हात पार्नेछ भने उपविजेताले १५ हजार मलेसियन रिंगेट प्राप्त गर्ने आयोजक समितीका सल्लाहाकार नेत्र नारायण श्रेष्ठले जानकारी दिए ।

त्यस्तै प्रतियोगिताको फेयर प्ले टिमले १००० मलेसियन रिंगेट प्राप्त गर्नेछ भने चार विधाका उत्कृष्ट खेलाडीहरुले जनही ३००–३०० रिंगेट हात पार्दा उत्कृष्ट प्रशिक्षक र व्यवस्थापकलाई जनही ५००–५०० रिंगेटसहित पुरस्कृत गरिने आयोजकले जानकारी दिएको छ ।

Post Comments