
काठमाडौं (एजेन्स) । ब्राजिलियन क्लब फ्लुमिनेन्स हाल जारी फिफा क्लब विश्वकपको सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।
पहिलो क्वाटरफाइनलतर्फ फ्लुमिनेन्सले साउदी क्लब अल–हिलालमाथि २–१ को रोमाञ्चक जित निकाल्दै अन्तिम चारमा प्रवेश गर्ने पहिलो टोली बनेको हो ।
अमेरिकाको ओर्लान्डो शहरमा भएको खेलमा शुरुवाती अग्रता फ्लुमिनेन्सले नै लिएको थियो । खेलको ४०औं मिनटमा मार्टिनेलीको गोलबाट ब्राजिलियन क्लबले अग्रता बनाउँदै त्यो अग्रतालाई पहिलो हाफसम्म कायम पनि राख्यो ।
तर, दोस्रो हाफको ५१औं मिनटमा मार्कस लियोनार्डोले पेनाल्टीमार्फत अल–हिलालका लागि बराबरी गोल फर्काए । यद्यपि खेलको ७०औं मिनटमा हर्कुलेसले दोस्रो तथा निर्णायक गोल गर्दै फ्लुमिनेन्सको जित पक्का गरे ।
फ्लुमिनेन्सले अब अब जुलाई ८ तारीखका दिन हुने पहिलो सेमिफाइनलमा पाल्मिरास र चेल्सी बीच हुने दोस्रो क्वाटरफाइनल खेलको विजेतासँग खेल्नेछ ।