सैनामैना । शनिबारदेखि शुरु प्रथम आदर्श कप नाईन ए साईड खुला नकआउट फुटबल प्रतियोगितामा न्यु ईरा एफसीले विजयी शुरुवात गरेको छ । उद्घाटन खेलमा न्यु ईराले मुर्गिया फुटबल क्लबलाई २–१ ले हराउँदै विजयी शुरुवात गरेको हो ।
सैनामैना–४ लहरेपिपल टोल स्थित आयोजक क्लबको खेलमैदानमा भएको रोमाञ्चक खेलमा न्यु ईराका लागि दुवै गोल सुजन दगामीले गरे । उता पराजित मुर्गियाका लागि सिद्धान्त कार्कीले एक गोल फर्काए तापनि टोलीको हार भने टार्न सकेनन् । खेलको म्यान अफ द म्याच न्यु ईराका लागि दुई गोल गरेका सुजन दगामी नै घोषित भए ।

प्रतियोगिता अन्तरगत माघ ४ गते आइतबार दुई खेल हुनेछन् । पहिलो खेल दर्शन युवा क्लब र राईजिङ ११ बीच हुनेछ भने दोस्रो खेल दमकडा एफसी र सिद्धार्थ एफसीबीच हुने प्रतियोगिता संयोजक बिकास बस्नेतले जानकारी दिए ।
मेयरद्वारा उद्घाटन
यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्कीले गरेका थिए । सो अवसरमा आयोजक आदर्श युवा क्लबका अध्यक्ष कोषराज बस्नेत, सचिव कुलचन्द्र ज्ञवाली लगायत अन्य अतिथीहरुको पनि उपस्थिति रहेको थियो ।

उता आयोजक क्लबका अध्यक्ष कोषराजले प्रतियोगिता आयोजना गर्नु र स्थानीय खेलाडीहरुलाई मैदानमा फुटबलसँगै स्वस्थ मनोरञ्जन प्रदान गर्नु आफूहरुको उद्देश्य रहेको बताए । खेलकुदमा सैनामैना पनि अघि बढ्दै गरेको भन्दै अध्यक्ष बस्नेतले प्रतियोगितालाई आगामी दिनहरुमा पनि थप भव्यताका साथ आयोजना गर्ने लक्ष्य राखेको बताए ।
कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३१,१११ रुपैयाँ प्राप्त गर्ने खेल संयोजक बिकास बस्नेतले बताए । फाइनल खेल भने आउँदो माघ १५ गतेका दिन हुने समेत बस्नेतले जानकारी दिए ।


- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने