हल्दिबारी (झापा) । मोरङको भाउन्ने युथ क्लब झापाको आयोजित दोस्रो हल्दिबारी गाउँपालिका मिनी कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
हल्दिबारी ५ स्थित शान्ति सामुदायिक वनको खेलमैदानमा आजदेखि सुरु प्रतियोगिताको उद्घाटन खेलमा उपाधिको दाबेदार मानिएको रेडस्टार फुटबल क्लब बितामोड पहिलो खेलबाटै बाहिरिएको छ ।
बिर्तामोडमाथि १-० गोलको कठिन जित निकाल्दै भाउन्ने युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । भाउन्नेका लागि आयुश राईले गरेको गोल नै निर्णायक बन्यो ।
भाउन्नेको जितका लागि दोस्रो हाफको १९औँ मिनेटमा निर्णायक गोल गरेका आयुश राई प्लेयर अफ दी म्याच बने । उनलाई हल्दिबारी ५ का वडाध्यक्ष खड्ग लावतीले नगद २ हजार प्रदान गरे ।
जलथल एफसीले आयोजना गरेको प्रतियोगितामा भोलि राजगढ एफसी बाह्रदशी र न्यू स्टार फुटबल क्लब बिर्तामोडबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेलको विजेताले नगद १ लाख १ हजार १११ र उपविजेताले ५१ हजार १११ सहित ट्रफी पाउने छ ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा