News
कैलालीमा ग्रासरुट र सरसफाई कार्यक्रम एकसाथ
धनगढी । धनगढी उपमहानगरपालिका र कैलाली जिल्ला फूटबल संघको समन्वय तथा सहकार्यमा संचालित ग्रासरुट फूटबल कार्यक्रम अन्तर्गत "आफ्नो खेलमैदान आफै सफा राखौं" सम्बन्धमा ग्रासरुट तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।
धनगढी-७ कैलाली स्थित पटेला युवा क्लबको खेलमैदानमा भएको ग्रासरुट कार्यक्रममा उल्लेख्य बाल खेलाडीहरुको सहभागिता रहेको कैलाली जिल्ला फुटबल संघका अध्यक्ष अनिल मल्लले बताए ।
सोही अवसरमा खेलमैदान लगायत आसपासका भौतिक पुर्वाधारको सरसफाई कार्यक्रम पनि सम्पन्न गरिएको अध्यक्ष मल्लले बताए ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)