काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र एएफसी एसियन कप छनौटतर्फको खेलका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको फाइनल स्क्वाड घोषणा गरिएको छ ।
मुख्य प्रशिक्षक म्याट रोसले सोमबार राष्ट्रिय टोलीको फाइनल स्क्वाड घोषणा गरेका हुन् । टोलीमा गत सिजन सी डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गरेका बागमती युवा क्लबका सिर्जन राज गौतम पनि पहिलोपटक सामेल भएका छन् ।
स्मरण रहोस, नेपालले यही जुन ५ तारीखका दिन हङ्गकङ्गसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण म्याच खेल्दैछ भने जुन १० तारीखका दिन एएफसी एसियन कप छनौटतर्फ लाओसको सामना गर्दैछ ।
यस्तो छ फाइनल स्क्वाडः
किरन चेम्जोङ, बिशाल सुनार, दिप कार्की, अभिषेक लिम्बु, अनन्त तामाङ, रोहित चन्द, अन्जन बिष्ट, एरिक बिष्ट, आयुष घलान, बिमल पाण्डे, जिलेस्पी जंग कार्की, कृतिश रत्न छुन्जु, कुशल देउवा, लाकेन लिम्बु, मणि कुमार लामा, मनिष डाँगी, रोहन कार्की, सनिष श्रेष्ठ, सृजनराज गौतम, सुमन श्रेष्ठ, सुमित श्रेष्ठ, सुबास बम ठकुरी, योगेश गुरुङ्ग
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)