फुङलिङ । ताप्लेजुङ जिल्ला कै प्रतिष्ठाका रुपमा रहेको ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करण भव्यताका साथ सम्पन्न गर्न फुङलिङ नगरपालिकाले पनि आर्थिक सहयोग गरेको छ ।
फुङलिङ नगरपालिकाले एक कार्यक्रमका बीच प्रतियोगिताको आयोजक लाखे जात्रा सञ्चालन समितिलाई नगद ७ लाख सहयोग उपलब्ध गराएको हो । फुङलिङका नगरप्रमुख अमिर मादेनले उक्त रकम आयोजक समितिले हस्तन्तरण गरे ।
सोही अवसरमा आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले फुङलिङ नगरपालिका ताप्लेजुङ गोल्डकपको अभिभावकका रुपमा रहेको बताउँदै प्रतियोगिता सम्पन्न गर्न सबैको साथ, सहकार्य र समर्थनको खाँचो रहेको बताए ।
अध्यक्ष सागर मादेनले खेलकुदबाट समृद्ध ताप्लेजुङको अभियानमा स्थानीय सरकारको हातेमालो प्रेरणादायी रहेको बताए । साथै उनले अन्य पालिकाहरू, संघसंस्था र आम नागरिकको साथले खेलाडी, दर्शक र जिल्लाको गौरव बढाउन सबैले हातेमालो गर्न आह्वान समेत गरे ।
स्मरण रहोस, तेस्रो ताप्लेजुङबारे आयोजकले छिटै आधिकारिक रुपमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराईने समेत बताएको छ ।
- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा
- शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा
- आयोजक जलजलेलाई घरेलु मैदानमा स्तब्ध पार्दै म्याङ्लुङ स्पोर्टिङ सेमिफाइनल प्रवेश
- ताप्लेजुङको नाल्बुमा सम्पन्न वडा स्तरीय पुरूष फुटबलको उपाधि सॅाघु र महिला तर्फ सॅावालाई