News कोलुवा, धरमपुर, भैरव र तिलोत्तमाको जित
सुरज राना मगर

खैरेनी । रुपन्देहीको देवदहमा जारी डि युनिटी कप यु–२० फुटबल प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न चार खेलहरुमा कोलुवा एफसी, धरमपुर, भैरव एफसी र तिलोत्तमा–११ ले जित हात पारेका छन् ।

देवदह–५, खैरेनी स्थित पानबारी खेलमैदानमा भएको दिनको पहिलो खेलमा कोलुवाले डिफ फुटबल क्लबलाई २–० ले हरायो । दोस्रो खेलमा धरमपुरले बिवाइसीलाई पेनाल्टी शुटआउटमा ५–४ ले हरायो ।

त्यस्तै तेस्रो खेलमा भैरवले प्रगति एफसीमाथि २–० को जित निकाल्दा तिलोत्तमा–११ ले चारपालालाई शून्यका विरुद्ध ५ गोलको फराकिलो अन्तरले पराजित गर्यो ।

डि युनिटी क्लब, खैरेनी, देवदहको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २० हजार हात पार्नेछ भने उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने असार १० गतेका दिन हुनेछ ।

Post Comments