काठमाडौं । युएईमा रहेका प्रवासी नेपालीहरु सम्मिलित क्लबहरुबीच भएको मिनी लिग फुटबल प्रतियोगिताको उपाधि रुपन्देही–११, युएईले जितेको छ ।
ग्रीनफिल्ड डिपमा सम्पन्न फाइनलमा रुपन्देही–११ ले जिसिडी रोयल गुर्खालाई टाईब्रेकरमा हराउँदै उपाधि उचाल्न सफल भएको हो । निर्धारित समयको प्रतिस्पर्धात्मक खेल १–१ को बराबरीमा टुंगिएपछि टाईब्रेकरमा रुपन्देही–११ ले ३–२ को जित निकाल्दै उपाधि जित्न सफल भयो ।
विजेता बनेको रुपन्देही–११ ले उपाधिसहित नगद १००० युएई दिराम हात पार्यो भने उपविजेता जिसिडी रोयल गुर्खाले ५०० युएई दिरामसहित ट्रफी, मेडलमा चित्त बुझायो । विजेता रुपन्देही–११ टोलीमा नेपाल मै रहँदा मोफसलको फुटबलमा राम्रो प्रभाव छाडेका अजित थापा मगर, हिमाल श्रीस मगर, मिलन क्षेत्री, संजय मगर, अरुन मल्ल ठकुरी जस्ता खेलाडीहरु सहभागि थिए ।
मुस्लिम धर्मावलम्बीहरुको पवित्र चाड ईदको अवसर पारी नव बुद्ध फुटबल क्लब, युएईको आयोजनामा भएको प्रतियोगितामा युएईमा रहेका नेपाली समुदायका कुल १२ टोलीहरुले लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए ।
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने