News गोर्खाज युनाइटेडलाई बोरिस धिमाल कपको उपाधी
गोलनेपाल

उर्लाबारी । मोरङको उर्लाबारीमा सम्पन्न दोस्रो संस्करणको बोरिस धिमाल कप –०८२ को उपाधी गोर्खाज युनाइटेड फुटबल क्लबले जितेको छ ।

फाईनल खेलमा उर्लाबारीकै पशुपति आमाबी फुटबल टिमलाई १ का विरुद्ध ४ गोलको अन्तरले हराउँदै उपाधी हात पारेको हो । उपाधीसँगै गोर्खाज युनाइटेड ले ५० हजार नगदसहित मेडल र ट्रफी हात पार्यो भने उपबिजेता पशुपतिले २० हजार नगदसहित मेडल र ट्रफीमा चित्त बुझायो ।

बिजेता, उपबिजेता लगायतका खेलाडीहरुलाई उर्लाबारी नगरपालिकाका पुर्व नगरप्रमुख खडग फागो, उर्लाबारी –६ का अध्यक्ष चिन्तामणी पौडेल, मोरङ जिल्ला फुटबल संघका अध्यक्ष सञ्जीव बुढाथोकी लगायतले पुरस्कृत गरेका थिए ।

बोरिस धिमाल फुटबल क्लबको आयोजनामा सम्पन्न प्रतियोगितामा झापा, मोरङ , सुनसरी र धनकुटाका गरी कुल २० वटा टिमहरुको सहभागिता रहेकोे क्लबका अध्यक्ष बोरिस धिमालले जानकारी दिए ।

Post Comments