News भरतपुर मेयर कप : क्वाटरफाइनल समिकरण पुरा
गोलनेपाल

चितवन । भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगिताको क्वाटरफाइनल समिकरण पुरा भएको छ । आज थप ४ खेल सकिएसँगै क्वाटरफाइनल समिकरण पुरा भएको हो ।

प्रतियोगिता अन्तर्गत भरतपुर ७ कृष्णपुरमा भएको पहिलो खेलमा जनज्योति माविले सरस्वती माविलाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको छ । खेलमा जनज्योति ३-१ ले विजयी भयो ।

कृष्णपुरमा नै भएको अर्को खेलमा अर्बिट स्कुलले हिमालय दण्डपाणि न्यौपाने माविलाई पराजित गर्यो । प्रतिस्पर्धात्मक खेलमा अर्बिट टाइब्रेकरमा विजयी भएको हो । निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि टाइब्रेकरमा अर्बिट विजयी भयो ।

उता भरतपुर १४ सुन्दरबस्तीमा भएको खेलमा वाल्मीकि शिक्षा सदन विजयी भयो । वाल्मीकिले साविक उपविजेता विश्वप्रकाश माविलाई २-० ले पाखा लगायो । यस्तै भरतपुर १२ रामवेलमा भएको खेलमा पारिजात मावि विजयी भयो । पारिजातले ओम शान्ति एकेडेमीलाई ४-१ ले पराजित गर्यो । आज विजयी भएका सबै टोली क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

प्रतियोगितामा मंगलबारबाट क्वाटरफाइनल चरणका खेलहरु सुरु हुनेछ । मंगलबार दिउँसो ४ बजे कृष्णपुरमा नेपाल पुलिस स्कुल र डन एकेडमी भिड्नेछन् ।

यस्तै सोही मैदानमा ५ बजे वाल्मीकि शिक्षा सदन र पारिजात स्कुल भिड्नेछन् । उता रामवेलमा दुर्गाशेषकान्त मावि र आदिकवि भानु मावि ५ बजे भिड्नेछन् । यस्तै सुन्दरबस्तीमा ५ बजे जनज्योति मावि र अर्बिट स्कुलबीच खेल हुनेछ ।

Post Comments