बुटवल । लागुपदार्थ दुरुपयोग र अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारी बेष्ट लाईफ केयर रिह्याब एण्ड हेल्थ केयर सेन्टर, बुटवल–१९, रुपन्देहीको आयोजनामा सम्पन्न बेस्ट लाईफ कप रिकभरी फुटसल प्रतियोगिताको उपाधि आस्था समूहले जितेको छ ।
बिहीबार बुटवल स्थित लुम्बिनी फुटसलमा सम्पन्न फाइनलमा आस्था समूहले कृपा समूहलाई ५–३ ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो । विजेता बनेको आस्थाले उपाधिसहित नगद ३० हजार हात पार्यो भने उपविजेता कृपा समूहले १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
कुल १२ टोलीहरु सहभागि एकदिने प्रतियोगिताको व्यक्तिगत विधातर्फ कृपा समूहका सतिष भण्डारी प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चुनिए । त्यस्तै उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताको पुरस्कार भने क्रमशः आस्था समूहका दिलमान थापा र डेविड थापाले हात पारे ।
विजेता, उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी चौराह हस्पिटल प्रा.लि., बुटवलका प्रबन्ध निर्देशक बिरु भण्डारी, आयोजक बेष्ट लाईफ केयर रिह्याब एण्ड हेल्थ केयर सेन्टर, बुटवल–१९, रुपन्देहीका अध्यक्ष कमल कोइराला, कार्यक्रम संयोजक मनिष श्रेष्ठ, खेल संयोजक रोशन थापा क्षेत्री लगायतले पुरस्कृत गरेका थिए ।
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि