काठमाडौँ । प्रतिस्पर्धात्मक जितका साथ यहाँ सम्पन्न हाइसेन्स नेपाल प्रथम सायम अन्तरकलेज सेभेन ए साइड फुटसल प्रतियोगिताको उपाधी किङस कलेजले जितेको छ ।
फाइनलमा किङस कलेजले टेकस्पाइर कलेजलाई २–१ ले हराउँदै उपाधी जितेको हो । विजेता बनेको किङस कलेजले उपाधिसहित नगद ९० हजार हात पार्यो भने उपविजेता टेकस्पाइरले ४० हजारमा चित्त बुझायो । त्यस्तै तेस्रो स्थान हासिल गरेको ग्लोबल कलेजले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र गर्यो ।
त्यस्तै विधागततर्फ सर्वश्रेष्ठ खेलाडी सबिन पराजुली घोषित भए । उत्कृष्ट गोलरक्षक सलि अवाल बन्दा उत्कृष्ट डिफेन्डर सनम महर्जन चुनिए । सर्वाधिक गोलकर्ता सुवर्ण आचार्य बने । लिटिल एन्जल्स कलेजले फेयर प्ले पुरस्कार हात पार्दा किङस कलेजका आरोन गुरुङ्ग उत्कृष्ट प्रशिक्षक बने । उत्कृष्ट म्यानेजर भने टेकस्पाइरका ऋषभ चुनिए ।
प्रतियोगितामा सहभागि कुल २८ टोलीहरुलाई आठ समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा खेलाइएको थियो । हाइसेन्स मुख्य प्रायोजक रहेको प्रतियोगितामा स्नातक तह सेमेस्टर प्रणालीका कलेजका टिम सहभागी भएको थिए ।
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि