काठमाडौं । ओखलढुंगा खुल्ला फुटसल प्रतियोगिता (काठमाडौं संस्करण) को मिति, स्थान र ढाँचा परिवर्तन गरिएको आयोजकले जनाएको छ । अब यही असार ३१ गते हुने प्रतियोगिता यसअघि फाइभ ए साईड भनिए तापनि अब सेभेन ए साईड ढाँचामा खेलाइने भएको छ । साथै प्रतियोगिता रोयल नेपाल फुटसल, काठमाडौंमा हुने भएको छ ।
प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि असार २८ गतेसम्म टिमदर्ता खुला गरिएको छ । थप जानकारी तथा टिमदर्ताका लागि सम्पर्क नम्बरहरु ९८५१३५८१०९, ९८५१३४९१९८ मा सम्पर्क गर्न सकिने पनि आयोजकले जानकारी दियो । साथै टिमदर्ता शुल्क १० हजार तोकिएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि