News
प्रतिष्ठित युइएफए महिला युरो शुरु, फिनल्यान्ड र नर्वेको विजयी शुरुवात

काठमाडौ (एजेन्सी) । स्विजरल्याण्डमा शुरु भएको प्रतिष्ठित युइएफए महिला युरो च्याम्पियनसिपको १४औं संस्करणतर्फ फिनल्यान्ड र नर्वेले विजयी शुरुवात गरेका छन ।
समूह ए तर्फको उदघाटन खेलमा फिनल्यान्डले आइसल्यान्डलाई १-० को साँघुरोको अन्तरले हराउँदै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।
सोही समुहको अर्को खेलमा नर्वेले आयोजक स्वीजरल्यान्डलाई २-१ ले पराजित गर्दै महत्त्वपूर्ण ३ अंक जोड्यो ।
प्रतियोगितामा सहभागी कुल १६ टोलीहरुलाई ४ समुहमा बिभाजन गरिएको छ । प्रत्येक समुहको शिर्ष दुई टोली नकआउट चरणमा प्रवेश गर्नेछन । प्रतियोगिताको गत संस्करण इङ्ल्यान्डले जितेको थियो ।
Post Comments