सैनामैना । साँघुरो जितका साथ फर्साटिकर युवा क्लब जारी प्रथम आदर्श कप नाईन ए साईड नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार सम्पन्न अन्तिम प्रिक्वाटरफाइनलतर्फ फर्साटिकरले हरिहरपुर एफसीलाई १–० ले हराउँदै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गर्यो । सैनामैना–४ लहरेपिपल स्थित आयोजक आदर्श युवा क्लबको खेलमैदानमा भएको खेलको ३९औं मिनटमा सुरज हमालले बक्स भित्रबाट गरेको सशक्त प्रहार गोलमा परिणत भएको थियो ।

खेलको म्यान अफ द म्याच पनि फर्साटिकरका निर्णायक गोलकर्ता सुरज हमाल नै घोषित भए । प्रतियोगिता अन्तरगत बिहीबारदेखि क्वाटरफाइनल खेलहरु शुरु हुने आयोजकले जनाएको छ । जसअन्तरगत माघ ८ गते बिहीबारको पहिलो क्वाटरफाइनल खेल न्यु ईरा एफसी र राईजिङ–११ बीच हुने खेल संयोजक बिकास बस्नेतले जानकारी दिए ।
आदर्श युवा क्लब, सैनामैना–४ मुर्गियाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३१,१११ रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष कोषराज बस्नेतले बताए ।
प्रतियोगिताको फाइनल खेल भने माघ १५ गतेका दिन हुनेछ ।

- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने