बुटवल । ग्रीन फिल्ड फुटसल प्रा.लि.को आयोजनामा प्रथम ग्रीन फिल्ड ओपन फुटसल च्याम्पियनसिप बुधबारदेखि शुरु भएको छ । बुटवल–११ नमूनापथ देवीनगर स्थित आयोजकको आफ्नै फुटसल एरिनामा शुरु प्रतियोगिता दुई दिनसम्म चल्नेछ ।
बुधबार प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच प्रमुख अतिथी रुपन्देही जिल्ला फुटबल संघका उपाध्यक्ष तथा समाजसेवामा पनि सक्रिय रहेका युवा समाजसेवी हरि क्षेत्रीले गरेका थिए ।
प्रतियोगितामा कुल २८ टोलीहरुको सहभागिता रहेको खेल संयोजक बिष्णु कसौधनले बताए । प्रतियोगिताको पहिलो दिन पहिलो चरणका खेलहरु सम्पन्न भएको समेत कसौधनले बताए । उनका अनुसार बिहीबार दोस्रो चरणका खेलसहित फाइनल खेलहरु पनि हुने बताए ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले १५ हजार प्राप्त गर्ने आयोजक ग्रीन फिल्ड फुटसलका अध्यक्ष सुरज पाण्डेले जानकारी दिए ।

- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने