दमक । यहाँ जारी प्रथम युथ १९ फुटबल प्रतियोगिताको बिहीबार भएको खेलमा मुकुलुङ वाइसिले त्रिबेनि स्पोर्टिङ क्लबलाई ३स्२ ले हराउदै क्वाटरफाइनलमा प्रबेस गरेको छ ।
दमक ३ स्थित मदन भण्डारी खेल मैदानमा भएको खेलमा मुकुलुङको लागि बुध बहादुर राक, जीवन पोख्रेल र पितम कार्कीले समान एक–एक गोल गरे । उता प्रराजित त्रिवेनी स्पोर्टिङ क्लबको लागि गोकुल थताल र निरज राइले गोल गरेका थिए । खेलमा मुकुलुङका पितम कार्की प्लेयर अफ दि म्याच घोषित भएका थिए ।
दिनको दोस्रो खेलमा प्रतियोगिताको सहआयोजक समेत रहेको चुलाचुली स्पोर्टिङ क्लबले इन्स्पायर स्कुललाई समान ३–२ गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो । चुलाचुलीको लागि कृसल थापा, सन्दिप मगर र सौगात राइले गोल गरेका थिए भने इन्स्पायर स्कुलको लागि वीर लिम्बुले २ गोल गरेका थिए । खेलमा चुलाचुलीका सौगात राई प्लेयर अफ दि म्याच चुनिए ।
यही असार ३२ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४५ हजार हात पार्नेछ भने उपविजेताले ३० हजारसहित ट्रफी, मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- बालोदय बोर्डिङ स्कुललाई पाँचौँ वडाध्यक्ष कपको उपाधि
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक