News थर्डआई जापान प्रथम खुल्ला फुटसल हुने
बिक्रम बानियाँ क्षेत्री

मकवानपुरगढी । प्रतिभा युवा क्लबको आयोजना र थर्डआई जापान एजुकेशन कन्सल्टेन्सीको मुख्य प्रायोजनमा मकवानपुरमा थर्डआई जापान प्रथम खुला फुटसल प्रतियोगिता हुने भएको छ ।

मकवानपुरको मकवानपुरगढी फुटसल मैदानमा आउँदो साउन १६ र १७ गतेका दिन हुने दुई दिने फुटसल प्रतियोगिताको आवश्यक तयारी पनि अन्तिम चरणमा रहेको आयोजक क्लबका निरज ठकुरीले बताए ।

प्रतियोगितामा करिब २५ टिमहश्रको सहभागिता रहने अनुमान गरिएको समेत ठकुरीले जानकारी दिए । प्रतियोगिताको बिजेता टोलीले उपाधिसहित नगद ६६६६६ रुपैयाँ हात पार्नेछ भने उपबिजेता टोलीले ३३३३३ रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गर्ने आयोजकले जानकारी दियो ।

प्रतियोगिता सम्पन्न गर्नको लागी मुख्य प्रायोजकमा थर्डआई एजुकेशन कन्सल्टेन्सी रहेको छ भने सह–प्रायोजकमा राईजिङपाथ एजुकेशन प्रा लि रहेको छ । त्यस्तै प्रायोजकमा हुक्का गार्डेन र एजुकेशनल पार्टनरको रुपमा जेनिथ कलेज रहेको पनि आयोजकले जानकारी दियो ।

Post Comments