News रुपन्देही र नवलपरासीमा यु–१७ महिला खेलाडी छनौट कार्यक्रम सम्पन्न
सुरज राना मगर

बुटवल । यसै वर्ष भुटानमा हुने साफ यु–१७ महिला च्याम्पियनसिपका लागि दशैभरिबाट खेलाडीहरु छनौट गर्ने कार्यक्रअनुसार रुपन्देही र नवलपरासीमा यु–१७ महिला खेलाडी छनौट कार्यक्रम सम्पन्न भएको छ ।

रुपन्देहीको छनौट कार्यक्रमतर्फ बुटवल स्थित एन्फा टेक्निकल सेन्टरमा सम्पन्न छनौटतर्फ कुल चार खेलाडीहरु छनौट भएको रुपन्देही जिल्ला फुटबल संघका उपाध्यक्ष तथा एन्फा टेक्निकल सेन्टरका निर्देशक बुद्धि बहादुर गुरुङले जानकारी दिए । जसमा सौजन्य कार्की, दर्शना आले, भारती बिक र सरस्वती सेन रहेका छन् ।

त्यस्तै नवलपरासीमा भएको छनौट कार्यक्रतर्फ कुल सात खेलाडीहरु छनौट भएको नवलपरासी जिल्ला फुटबल संघका अध्यक्ष ज्ञान गुरुले जानकारी दिए । प्रशिक्षक जित बहादुर पुनको निरीक्षणमा सम्पन्न भएको कार्यक्रमबाट रेजिना खड्का, सबिना भट्टराई, सृजना रोका, प्रतिक्षा लामा, रमिशा न्यौपाने, रेजिना सुनार र निरुता सुबेदी छनौट भएका छन् ।

जिल्लास्तरीय छनौट कार्यक्रमबाट छनौट परेका खेलाडीहरुले प्रदेशस्तरीय छनौटमा सहभागिता जनाउने छन । प्रदेशस्तरीय छनौट पश्चात् अन्तिम चरणको छनौट कार्यक्रम काठमाडौंमा हुनेछ । त्यसपश्चात् नेपाली राष्ट्रिय यु–१७ महिला फुटबल टोली तयार पारिनेछ ।

स्मरण रहोस, आउँदो अगस्ता २० देखि ३१ तारीखसम्म भुटानको थिम्पुमा हुन गईरहेको साफ यु–१७ महिला च्याम्पियनसिपतर्फ नेपालसहित आयोजक भुटान, भारत र बंगलादेशले सहभागिता जनाउँदैछ । डबल राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शिर्ष टोली विजेता बन्नेछ ।

रुपन्देहीबाट छनौट भएका खेलाडीहरुको नामावलीः

नवलपरासीबाट छनौट भएका खेलाडीहरुको नामावलीः

Post Comments