सैनामैना । न्यु ईरा एफसी जारी प्रथम आदर्श कप नाईन ए साईड नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न पहिलो क्वाटरफाइनलमा न्यु ईराले राईजिङ–११ लाई शुन्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
सैनामैना–४ लहरेपिपल स्थित आयोजकको खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा न्यु ईराका लागि ३९औं मिनटमा सुजन दगामी मगरले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो । निर्णायक गोलकर्ता दगामी नै खेलको म्यान अफ द म्याच समेत चुनिए ।

प्रतियोगिता अन्तरगत माघ ९ गते शुक्रबारको दोस्रो क्वाटरफाइनल खेल फर्साटिकर युवा क्लब र सिद्धार्थ फुटबल क्लबबीच हुने खेल संयोजक बिकास बस्नेतले जानकारी दिए ।
आदर्श युवा क्लब, सैनामैना–४ मुर्गियाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३१,१११ रुपैयाँ हात पार्ने आयोजक क्लबका अध्यक्ष कोषराज बस्नेतले जानकारी दिए । फाइनल खेल माघ १५ गतेका दिन हुनेछ ।



- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने