काठमाडौं । एएफसी यु–२३ एसियन कप छनौट खेल्न नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको प्रारम्भिक चरणको बन्द प्रशिक्षणबाट थप आठ खेलाडीहरु बाहिरिएका छन् ।
मुख्य प्रशिक्षक नबिन न्यौपानेले शनिबार आठ खेलाडीहरुलाई बाहिर निकाल्दै बन्द प्रशिक्षणमा सहभागि खेलाडीहरुको संख्या ४० बाट घटाएर ३२ जनामा छोट्याएका हुन् ।
स्मरण रहोस, आउँदो सेप्टेम्बर ३ देखि ९ तारीखसम्म ताजिकिस्तानमा हुने एएफसी यु–२३ एसियन कप छनौटतर्फ नेपाल समूह के मा परेको छ । जहाँ नेपालले आयोजक ताजिकिस्तानसँगै सिरिया र फिलिपिन्ससँग खेल्नेछ ।
३२ जनामा छोटयाइएको नेपाली यु–२३ फुटबल टोलीको प्रारम्भिक स्क्वाडः
अभिषेक सिङताङ, अभिषेक वाईबा, आयुष घलान, आयुष तिम्सिना, अमित तामाङ, अनिल बम्जन, अनिष क्षेत्री, एरोन थापा, बिबेक गुरुङ, बिशाल केसी, बिशाल नेपाली, दिपेश गुरुङ, दिपेश राई, जन्मजय धामी, जियारथ शेख, कृषल मोक्तान, कृतिष रत्न छुन्जु, लहान सुब्बा, निग्मा लामा, निरज कार्की, निराजन धामी, पेम्बा लामा, पुजन थापा, राम थापा, रोहन खडगी, सबिन घिमिरे, सन्जिव लामा, शंकर थारु, सन्तोष खत्री, सिमान्त थापा, सुजन मगर, सुमित श्रेष्ठ
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)